दफा ५७
नियम बनाउने अधिकार
(१) नेपाल सरकारले यस ऐनको कार्यान्वयनका लागि आवश्यक नियमहरू बनाउन सक्नेछ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी खाध स्वच्छता तथा गुणस्तर सम्बन्धी. देहायका विषयहरूमा नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ:ः-

(क) खाद्य उद्योगको स्थापनाको लागि सिफारिस, अनुमतिपत्र, त्यसको नवीकरण सम्बन्धी प्रक्रिया, ढाँचा र लाग्ने दस्तुर सम्बन्धी विषय,

(ख)- खाघ पदार्थको स्वच्छता तथा गुणस्तर र खाद्य योगशील र प्रशोधन सहयोगी पदार्थको प्रयोग र मात्रा सम्बन्धी विषय,

(ग) खाब्च पदार्थको उत्पादन, बिक्री वितरण, रोक्का राख्ने तथा नष्ट गर्ने प्रक्रिया सम्बन्धी विषय,

(घ) प्पयाकेजिङ्ग तथा लेबलिङ्‌ सम्बन्धी विषय,

(ङ) खाद्य पदार्थको ढुवानी तथा सञ्चयको मापदण्ड तोक्ने तथा सञ्चय गर्दा आद्रेता र तापक्रमको व्यवस्था मिलाउने विषय,

(च) प्रदूषक (कन्टामिनेन्ट्स), बिषाक्त तत्व र तिनको अवशेष सम्बन्धी विषय,

(छ) सखाब्च प्रयोगशाला स्थापना गर्दा कायम गर्नु पर्ने मापदण्ड, त्यसको सूचीकरण प्रक्रिया र नमूना परीक्षण तथा विश्लेषणको लागि लाग्ने शुल्क सम्बन्धी विषय,

(ज) स्वास्थ्य पोषण न्युट्रास्युटिकल तथा आहारपूरक खाद्य पदार्थ, खा पोषक तत्त्व थप (फूड फोर्टिफिकेशन)- सम्बन्धी विषय,

(झ) खाद्य पदार्थ पैठारी गर्न प्रवेश अनुमति दिने विषय,

(ज) _ खाच्च पदार्थ अनुगमन तथा निरीक्षण सम्बन्धी विषय,

(ट) अर्गानिक खाद्य पदार्थ सम्बन्धी विषय,

(ठ)- मदिराजन्य पेय पदार्थ सम्बन्धी विषय,

(ड) खाद्य स्वच्छता प्रणाली परीक्षण (फूड सेफ्टी सिस्टम अडिट) सम्बन्धी विषय,

(ढ) | खाद्य पदार्थको परीक्षणको लागि नमूना सङ्कलन गर्ने प्रक्रिया, र

(ण) बिज्ञापन तथा दाबी (एड्भरटाइजिङ्ग एण्ड हेल्थ एण्ड न्युट्रिस्नल क्लेम्स) सम्बन्धी विषय॥